संक्रमण घट्दै, मृत्युदर उस्तै
ekantipur.com · Wed Jun 09 00:53:00 GMT 2021
काठमाडौँ — पछिल्लो साता कोभिड–१९ संक्रमण दर घट्दै गए पनि मृत्युदरमा उल्लेखनीय सुधार नआएको विज्ञहरूले बताएका छन् । संक्रमण दर घट्दै गएकाले अस्पतालमा शय्या पाउन खासै समस्या छैन । मृत्यु भने दैनिक एक सय हाराहारीभन्दा घट्न सकेको छैन ।
मंगलबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६५ जनाको पीसीआर परीक्षण गर्दा ३२.०७ प्रतिशत अर्थात् ३ हजार ८ सय ७० जनामा संक्रमण देखिएको छ भने १ सय ८ जनाको मृत्यु भएको छ । ‘मृत्युदरमा उल्लेख्य सुधार हुन अझै बाँकी छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले भने, ‘संक्रमण दरमा भने सुधारोन्मुख लक्षण देखिन्छ ।’ संक्रमणको पहिलो लहर कम हुने बेला यस्तै अवस्था देखिएको उनको भनाइ छ । ‘तर पहिलो लहर पिकमा हुँदासमेत आज (मंगलबार) जति मृत्यु भएको छ, त्यसको करिब एकतिहाइ मात्र मृत्यु भएको तथ्यांक छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)