मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भलिबल खेलाडीले पाए पहिलोपटक मासिक तलब

nayapatrikadaily.com · Wed Sep 06 00:28:00 GMT 2023

नेपाल भलिबल संघले राष्ट्रिय पुरुष तथा महिला खेलाडीलाई मासिक तलब दिने भएको छ । संघले राष्ट्रिय टोलीमा रहेका पुरुष र महिलामा समान १२ खेलाडीलाई मासिक पाँच हजार पारिश्रमिक दिने घोषणा गरेको हो । खेलाडीलाई मासिक तलब व्यवस्था गर्ने भलिबल संघ चौथो खेल बनेको छ । यसअघि फुटबल, क्रिकेटर र बुद्धिचाल संघले आफ्ना खेलाडीलाई मासिक तलब प्रदान गरेको थियो । फुटबलले फिफा र एएफसीको आर्थिक अनुदानमा खेलाडीलाई तलबको व्यवस्था गरेको छ ।

नेपाल क्रिकेट संघले आइसिसी र एसिसीको फन्डमै तलब खुवाइरहेको छ । बुद्धिचाल संघले विभिन्न दाताहरूको सहयोगमा महिला तथा पुरुषतर्फका शीर्ष खेलाडीलाई मात्र मासिक तलबको व्यवस्था गरेको छ । भलिबल संघले अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा पूर्वखेलाडी तथा बिजनेस इन्टरप्रेनियरको आर्थिक सहयोगमा खेलाडीलाई मासिक तलब खुवाउन लागेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)