काठमाडौं प्रशासनले भन्यो- बिना अनुमति भिड हुनेगरी विश्वकप नहेर्नू
onlinekhabar.com · Thu Jun 11 13:38:59 GMT 2026

२८ जेठ, काठमाडौं । काठमाडौं प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप नहेर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक जरुरी सूचना जारी गर्दै ठूलो पर्दामा खेल देखाउने बहानामा शान्ति सुरक्षा खलबलिनसक्ने भन्दै यस्तो अनुरोध गरेको हो ।
‘फिफा विश्वकप फुटबलका खेलहरू काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रशारण गर्न चाहने कुनै पनि संघसंस्था वा कम्पनीले यस कार्यालयबाट पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न/नगराउन सम्बद्ध सबैलाई जानकारीका लागि अनुरोध छ,’ प्रशासनको सूचनामा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)