गुण्डागर्दी गर्ने व्यक्ति पक्राउ
nepalpress.com · Thu Jun 11 13:46:40 GMT 2026

काठमाडाैँ । जिल्ला काठमाडौँ कागेश्वरी मनोहरा न.पा.-५ स्थितबाट टोले गुण्डागर्दी सम्बन्धी कसुरमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउपर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-०६ स्थायी ठेगाना भई हाल काठमाडौँको कागेश्वरी मनोहरा न.पा. ५ स्थित बस्ने ३७ वर्षिय श्याम लामा भन्ने श्यामबहादुर तामाङ रहेका छन् ।
प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनलाई विहिबार १२:०० बजेको समयमा नियन्त्रणमा लिइएको हो । अनुसन्धानका क्रममा तामाङविरुद्ध यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेको तथ्य खुलेको छ ।
विवरण अनुसार उनी मिति २०७०/०४/३० गते प्रहरी परिसर भक्तपुरबाट अपहरण तथा शरीर बन्धक मुद्दामा, मिति २०७५/११/१९ गते इलाका प्रहरी कार्यालय मेलम्चीबाट अभद्र व्यवहार मुद्दामा, मिति २०७९/११/०८ र २०८०/०४/१७ गते प्रहरी वृत्त बौद्धबाट अभद्र व्यवहारसम्बन्धी मुद्दामा समेत पक्राउ परेका थिए । हाल उनीमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)