यसकारण बालबालिकाको खानामा चिनी र नुन कम गरौं
swasthyakhabar.com · Sat Aug 13 00:17:00 GMT 2022
धेरै मात्रामा नुन वा चिनीको सेवनले स्वास्थ्यमा असर गर्छ। जुनसुकै उमेरमा पनि धेरै नुन र चिनीको सेवन गरिन्छ भन्ने यसले हानि नै गर्छ। नुन र चिनीको धेरै सेवन बालबालिकाका लागि पनि हानिकारक हुन्छ। यसको अत्याधिक सेवनले बालबालिकाको मिर्गाैला, दाँत र रोग प्रतिरोधात्मक क्षमता कम हुने जस्ता समस्या निम्त्याउन सक्छ। मदरहुड अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा मनिषा रञ्जन बच्चा ६ महिना नपुग्दासम्म चिनी र नुन खुवाउन नहुने बताउँछिन्।
प्रायः आमाबाबु चिन्तित हुन्छन् कि बच्चालाई नुन नदिइए उसले सोडियम कसरी पाउने ? जहाँ उनीहरुको आवश्यकता आमाको दूधले मात्रै पूरा भइरहेको कुरा उनीहरुलाई थाहा नहुन सक्छ। ६ महिनादेखि एक वर्षसम्मका बालबालिकालाई दिनमा एक ग्रामभन्दा बढी नुन खुवाउनु हुँदैन। एकदेखि तीन वर्षसम्मका बालबालिकालाई दिनमा दुई ग्राम नुन खुवाउनुपर्छ। ४ देखि ६ वर्षसम्मका बालबालिकालाई दिनमा ३ ग्राम नुन खुवाउनुपर्छ। जसमा ०.४ ग्राम सोडियम होस्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)