कालिञ्चोक दर्शनको आईपीओमा वैदेशिक रोजगारीमा गएका नेपालीले आवेदन दिन पाउने, आजदेखि आवेदन खुला
baahrakhari.com · Wed Nov 30 00:00:00 GMT 2022
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आज (मंसिर १४ गते बुधवार) देखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दामा निष्कासन गर्नेछ । जारी पूँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)