सबै भन्दा धेरै संक्रमित भएका यी ५ देश
lokpath.com · Tue Aug 04 18:00:55 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ३ सय ८ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ८५ लाख ७१ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड १७ लाख ७२ हजार ९ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६५ हजार ७ सय ३८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिका मा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ५९ हजार ४ सय ५७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २० हजार ५ सय ७० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ४८ लाख २ हजार ७ सय ४४ पुगेको छ । हालसम्म २४ लाख ५५ हजार १ सय ४५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ७ सय ६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय २९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)