मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

‘धोबीघाट मेलोडी’ माथि चर्चा

barnanmedia.com · Sat May 10 22:02:46 GMT 2025

काठमाडौँ, २८ वैशाख : मुकुन्दराज शर्माकृत निबन्ध सङ्ग्रह ‘धोबीघाट मेलोडी’माथि शनिबार पोखरामा चर्चा गरिएको छ । र्यान्डम रिडर्स सोसाइटीद्वारा आयोजित उक्त कार्यक्रमका वक्ताहरूले निबन्ध कृतिमाथि विभिन्न कोणबाट टिप्पणी राखे ।

पत्रकार रघुनाथ वाग्लेले कृतिमा समावेश निबन्धले सशक्त सन्देश दिएको बताउनुभयो । समाजका विकृतिमाथि व्यङ्ग्यको तिखो वाण प्रहार गर्न निबन्ध सफल भएको भन्दै उहाँले देशप्रेमको भावना विस्तार र सामाजिक विसङ्गतिप्रतिको व्यङ्ग्य एकसाथ प्रस्तुत गरेको धारणा राख्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)