मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ब्रेक बिग्रिएको गाडी चलाउँदा दुर्घटना, १३ को मृत्यु

nayapatrikadaily.com · Wed Jul 06 00:15:00 GMT 2022

ब्रेक बिग्रिएको गाडी चलाउँदा दुर्घटना भएर रामेछापमा १३ जनाको मृत्यु भएको छ । काठमाडौं आउँदै गरेको बा.३ख ८३९६ नम्बरको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका– ५ र खाँडादेवी गाउँपालिका– १ स्थित सिमानामा मंगलबार बिहान ब्रेक फेल भएर दुर्घटना भएको हो । बस लुभुघाट सडकको मोडबाट करिब सय मिटर तल भिरमा खसेको थियो ।

दुर्घटनामा परी घटनास्थलमै नौ र चारजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी बसमा सवार २४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनालाई हेलिकोप्टरमार्फत तथा बाँकी २१ जनालाई एम्बुलेन्स र जिपमा राखेर उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । चालक र सहचालक भने हामफालेर जोगिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)