ठेक्का सम्झौताको १० महिनामै सडक कालोपत्र
barnanmedia.com · Sat May 10 22:05:27 GMT 2025

काठमाडौँ, २८ वैशाख : विकास निर्माणमा निर्माण कम्पनीको ढिलासुस्ती भइरहेको सन्दर्भमा बागलुङमा भने सम्झौताको १० महिनामा नै सडक कालोपत्र थालिएको छ । विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र स्तरोन्नति भइरहेका तीन सडकमध्ये पहिलो खण्डको कालोपत्र गर्न सुरु गरिएको छ । ठेक्का सम्झौताको १० महिनामा नै सडक स्तरोन्नति सकेर कालोपत्रको काम थालिएको हो ।
नगरका तीनवटा सडकमध्ये पहिलो सडक गणेशथान घुम्तीबाट निरयघाटसम्मको सडक कालोपत्र गर्न सुरु भएको निर्माण व्यवसायीले जनाएको छ । उक्त ठेक्का सम्झौता भएको १० महिनामा नै कालोपत्रको थालिएको निर्माण व्यवसायीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)