मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपालीको नियति

ekantipur.com · Sat Feb 24 23:02:23 GMT 2024

कमिसन खाएका छन् । भ्रष्टाचारमा रमाएका छन् । दुई दशकयता देशमा ठूलो परिवर्तन भयो । योसँगै ठूलाठूला सन्सनीपूर्ण भ्रष्टाचारका समाचार र अनेक काण्ड चर्चामा आए । तर जसको शक्ति उसको भक्तिका कारण तिनका दोषीहरू अधिकांशले उन्मुक्ति पाए । एक मात्र भरोसाको केन्द्र न्यायालय पनि आलोचनाबाट मुक्त हुन सकेन । जहाँ सरकारका अंग स्वयं दोषी हुन्छन्, त्यहाँ सदाचार कसरी पाइन्छ ?

परम्परा नै यस्तो भएपछि पत्रिकाले लेख्ने, हामीले पढ्ने र अन्त्यमा ‘यस्तै त हो नि !’ भनेर चित्त बुझाउनुको विकल्प रहेन । हाम्रो सरकार नै ‘गठबन्धन’ को छ । ‘गणतन्त्र र संघीयताप्रति सबै ठूला दलको साझा प्रतिबद्धता’ छ । यहाँ वामपन्थी एकताका कुरा गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)