भारतमा पूर्व सिबीआई निर्देशकले गरे आत्महत्या, सुसाइट नोट बरामद
ratopati.com
काठमाडौं । भारतको नागल्यान्डका पूर्व राज्यपाल अश्वनीकुमारले बुधबार आफ्नै निवासमा आत्महत्या गरेका छन् । पूर्व सीबीआई निर्देशक समेत रहेका आश्वनीकुमारको शव राजधानी शिमलास्थित निवासमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
७० वर्षीय आश्वनीकुमारको शव प्रहरीले कब्जामा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले घटनास्थलबाट सुसाइट नोट बरामद गरेको छ । सुसाइट नोटमा उनले जीवन थकित भएपछि अर्को यात्रा तय गरेको लेखेका छन् । प्रहरीले घटनाबारे गम्भिर रुपमा अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)