तराईमा गर्मी बढ्दै, वीरगंजको घण्टाघर चोकमा निःशुल्क चिसो पिउने पानीको व्यवस्था
deshsanchar.com · Sat May 10 23:21:47 GMT 2025

वीरगंज- तराई–मधेसमा केही दिन यता बढ्दै गइरहेको गर्मीले जनजीवन नै कष्टकर बनेका बेला वीरगन्जको घण्टाघर चोकमा एक परोपकारी संस्थाले निःशुल्क चिसो पिउने पानीको व्यवस्था गरेको छ ।
सर्वसाधरण र बटुवाहरूलाई गर्मीबाट थोरै भए पनि राहत दिने उदेश्यले शैक्षिक शहीद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठानले घण्टाघर चोकमा शनिबारदेखि निःशुल्क चिसो पिउने पानी वितरण गर्न सुरु गरेको हो । उक्त कार्यक्रम तीन दिनसम्म चल्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)