अर्बौ लगानीको सुरक्षण मुद्रण केन्द्र वर्षौदेखि प्रयोगविहीन
rajdhanidaily.com · Mon Apr 22 23:13:32 UTC 2024

काठमाडौं । सरकारले काभ्रेको पनौतीमा ३ अर्र्ब रुपैयाँभन्दा बढी लगानीमा स्थापना गरेको सुरक्षण मुद्रण केन्द्र लामो समयदेखि प्रयोगविहीन भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको नाम सिरोरेक्स दुई युनिट, इन्डिगो एक युनिट रोटरी डाई कटिङ इटालियन मेसिन जडान भएका छन् । तर, सो मेसिन जडान भएको लामो समय बितिसक्दा पनि प्रयोगविहीन बनेका हुन् ।
राहदानी, हुलाक टिकट, चेकबुक, बैंक नोट, स्मार्ट कार्डलगायत छपाइका लागि स्थापना भएको सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्र) सञ्चालनमा नआउँदा अलपत्रमा परेको हो । सो प्रिन्टिङ प्रेस ल्याउन कति लगानी भएको थियो भन्ने विषय हाल अनुसन्धानकै विषय बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)