मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

परम्परागत बाली र जैविक कृषिबारे छलफल

barnanmedia.com · Sat May 10 23:22:31 GMT 2025

काठमाडौँ, २८ वैशाख : जिल्लामा परम्परागत (रैथाने) बाली र जैविक कृषिका विषयमा बहस र चासो बढ्दै गएको छ । स्थानीय किसानले परम्परागत रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा सक्रियता देखाएका छन् भने, सरकार र विभिन्न निकायले पनि यसमा ध्यान दिन थालेका छन् ।

राष्ट्रिय कृषक समूह महासङ्घ, इलाम नगर समतिको आयोजनामा हालै ‘कृषि विकासको बदलिँदो परिवेशमा रैथाने बाली प्रवर्द्धनको औचित्य’ विषयमा छलफल गरिएको थियो । कार्यक्रमका सहभागीले रैथाने बालीको बहुआयामिक महत्वलाई सरकारले ध्यान दिनुपर्ने बताएका थिए । इलाम सामुदायिक कृषि क्याम्पसका क्याम्पस प्रमुख डा योगेन्द्रमान श्रेष्ठले उक्त विषयमा कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनसँग अनुकूल हुने बालीको महत्व तीन तहका सरकारले बुझ्न आवश्यक रहेको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)