आईसोलेसनमा पत्रकार: उपचारसँगै समाचार कर्ममा
hamrakura.com · Tue Aug 25 17:55:00 UTC 2020
रमेश बस्ताकोटी
नवलपुर । हामी सबैलाई थाहा छ, कोरोना संक्रमित भए पछि मान्छे आईसोलेसनमा हुन्छ। कोरोना संक्रमणबाट मुक्त हुन उसले हरसंभब प्रयास गर्छ, उसको दिमागमा अरु केही हुँदैन, उ आराम सिबाय अरु केही सोच्दैन । तर पुर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा भने फरक दृष्य देख्न सकिन्छ । नेपालकै उत्कृष्ट आईसोलेसनको रुपमा ख्याती पाएको यस ठाउँमा कोरोना संक्रमितहरु बिहान उठेदेखि नै योग ध्यान प्रणायम लगाएतका नित्यकर्ममा व्यस्त देखिन्छन । उनिहरु बिभिन्न ध्यान र प्राणायाममा ब्यस्त हुन्छन् । सन्तुलित भोजन गर्छ्न् र एक आपसमा मनोबल उच्च राख्न प्रेरित गर्छन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)