मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एघार महिनामा नौ लाखभन्दा बढी पर्यटक

gorkhapatraonline.com · Sat Dec 02 06:34:41 GMT 2023

काठमाडौँ, मङ्सिर १६ गते । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर नौ लाख १८ हजार ३०८ पर्यटक नेपाल प्रवेश गरेका छन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सरकाले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा नोभेम्बरमा एक लाख आठ हजार ६३० जना पर्यटक नेपाल भित्रिएसँगै सरकारको लक्ष्य नाघ्ने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयो, “सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२१ को सोही अवधिमा २६ हजार १३५ पर्यटक नेपाल भित्रिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)