ए डिभिजन लिगमा आजदेखि छैटौं चरणका खेल
onlinekhabar.com · Mon Apr 03 00:42:45 GMT 2023
२० चैत, काठमाडौं । अन्तर्राष्ट्रिय खेलका लागि ब्रेकपछि शहीद स्मारक ए डिभिजन लिगका छैटौं चरणका खेल आजदेखि सुरु हुँदैछन् । गत १९ फागुनदेखि सुरु भएको ए डिभिजन लिगमा पाँच चरणको खेल सकिएपछि ४ चैतमा ब्रेक भएको थियो । ब्रेकमा प्रधानमन्त्री थ्री नेसन्स कपदेखि मोफसलमा विभिन्न गोल्डकप प्रतियोगिताहरु सम्पन्न भए ।
आजदेखि भने छैटौं चरणको सुरुवाती दुई खेल हुनेछन् । संकटा र एफसी खुमलटारबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु हुनेछ । पाँच खेलबाट संकटा र नवप्रवेशी खुमलटार दुवैको समान ६ अंक छ । संकटा आठौं र खुमलटार नवौँ स्थानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)