मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा धान खेतीका लागि अनुदानको मल बिक्री–वितरण हुँदै

rajdhanidaily.com · Sat May 10 23:47:47 GMT 2025

धनगढी । सुदूरपश्चिम प्रदेशमा बर्खाका लागि रसायनिक मल बिक्री–वितरण थालिएको छ । नेपाल सरकारको अनुदानको मल बिक्री वितरणको काम कृषि सामाग्री कम्पनी लिमिटेडले थालेको हो ।

बर्खाको धान खेतीका लागि आवश्यक मल कृषि सामाग्रीले सहकारी मार्फत वितरण गर्दै छ । अनुदानको मल आपूर्ति गर्न थालिएकाले अभाव नहुने दाबी गरिएको छ । सुदूरपश्चिमका किसानको माग अनुसारको मल वितरण गर्ने तर्क गरिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका प्रमुख नवलसिंह बोगटीले अनुदानको मल वितरण थालेको बताए। उनले भने, ‘सहकारीले मल लिन थालेका छन्। मल आउने, पठाउने काम हुँदैछ ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)