चितवनमा भीषण हावाहुरी, रुखले किचेर तीन जनाको मृत्यु, पोल ढाल्दा विद्युत अवरुद्ध (फोटो फिचर)
annapurnapost.com · Fri May 20 17:45:00 GMT 2022
चितवन : भीषण हावाहुरीले ढालेको रुखले किचेर तीन जनाको मृत्यु भएको छ। भरतपुरको दुई स्थानमा बाटोमा गुडेको अटोलाई किच्दा अटोमा यात्रा गरेका तीन जनाको मृत्यु भएको हो।
चितवन प्रहरीकाअनुसार शुक्रबार साँझ करिब ७ बजे आएको भीषण हावाहुरीले भरतपुर–११ भोजाडको जंगलमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको को अटोलाई किच्दा भरतपुर–११, लामाटोलका ५० वर्षिय प्रदीपकुमार लामा र सोही अटोमा सवार गोरखा गण्डकी गा.पा. ६ घर भई हाल भरतपुर ७ कटहरचोक बस्ने २८ वर्षिय माया गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)