मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेलम्ची पानी चक्रपथबाहिर पनि

gorkhapatraonline.com · Sat May 10 23:59:10 GMT 2025

काठमाडौँ, वैशाख २८ गते । काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने घोषणासँगै काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न सुरु गरेको हो ।

निर्देशनालयका निर्देशक टीकाबहादुर चौधरीले नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा काठमाडौँको बुढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, चन्द्रागिरि र भक्तपुरको सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)