बौद्धमा मनाइयो रोपाइँजात्रा
ekantipur.com · Fri Sep 01 17:07:07 GMT 2023
काठमाडौँ — वर्षभर बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँजात्रा मनाइएको छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाका दिन विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रमा मनाइने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वको रोपाइँ जात्रा शुक्रबार मनाइएको हो । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा बौद्धमा रहेका संघ संस्थाले सक्रियरूपमा मनाउने सांस्कृतिक महत्त्वको रोपाइँजात्रा गाईजात्राको भोलिपल्ट पर्छ । बौद्ध चैत्य परिसरमा एक वर्षअघिदेखि दिवंगत भएका परिवारका सदस्यलगायत जात्रा हेर्न आउने र विदेशी पर्यटकसमेतको उपस्थितिमा जात्रा मनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)