महिला भलिबल टोलीलाई काठमाडौं महानगरको सम्मान, खेलाडीले पाए १-१ लाख
nepalpress.com · Thu Aug 08 07:52:38 UTC 2024

काठमाडौं । काठमाडौं महानगरले नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यलाई सम्मान गरेको छ ।
महानगरले टोलीका १४ जना खेलाडी र प्रशिक्षक जगदीश भट्टलाई जनही १-१ लाखसहित सम्मान गरेको मेयर बालेन शाहको सचिवालय सहायक स्वकिय सचिव नविन भण्डरीले बताए ।
यस्तै चारजना अफिसियललाई लाई जनही ५०-५० हजारसहित सम्मान गर्यो ।
नेपाल दशरथ रंगशालामा बुधवार सम्पन्न काभा महिला भलिबलमा नेपाल उपविजेता बनेको थियो ।
फाइनलमा नेपाल भारतसँग ३-२ ले पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल पनि उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)