मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेनाले मनायो २६१औँ स्थापना दिवस : टुँडिखेलमा विशेष समारोह

nayapatrikadaily.com · Sat Mar 09 00:44:00 GMT 2024

नेपाली सेनाले महाशिवरात्रि तथा स्थापनाको २६१औँ वार्षिकोत्सव मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहबीच सेनाको स्थापना दिवस आयोजना भएको हो । समारोहमा नेपाली सेनाको हेलिकोप्टरद्वारा नेपालको राष्ट्रिय झन्डालगायत महाशिवरात्रि तथा सेना दिवसको ब्यानर प्रदर्शनसहित पुष्पवृष्टि गरिएको थियो ।

कार्यक्रममा राइफल र तोपबाट बढाइँ गरिनुका साथै विविध सैनिक कला र सांस्कृतिक एवं सांगीतिक प्रस्तुति गरिएको थियो । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले वीर स्मारकमा पुष्पाहार चढाई सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे । उनले नेपाली सेनाको वार्षिक प्रकाशन सिपाही–२०८० विमोचन गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)