बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु
nayapatrikadaily.com · Sun Nov 21 16:18:00 GMT 2021
बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बोधराज ओझाका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् ।
दुर्घटनामा परी दुईजना गम्भीर घाइते भएका छन् । दशरथचन्द नगरपालिका– ६ का ५८ वर्षीय हर्कबहादुर चन्द र जिपचालकसमेत रहेका डडेल्धुराका ४० वर्षीय दीपक माली गम्भीर घाइते भएको ओझाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)