पाल्पा गोल्डकपमा २८ बिघा विजयी
ekantipur.com · Tue May 30 16:46:09 GMT 2023
पाल्पा — तानसेनमा जारी कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार २८ बिघा पूर्व नवलपरासीले रूपन्देही–११ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको छ ।
निर्धारित समयमा दुवै पक्षबाट १–१ गोल र थप समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको हो । पेनाल्टीमा २८ बिघाका अजित लामा, शिव बोटे, वीरेन्द्र सारु र सुन्दास चौधरीले गोल गरे । रूपन्देही–११ का सुजित चौधरी, मिसान दर्लामी र मनोज श्रेष्ठले गोल गरे पनि निसान न्यौपाने गोल गर्न असफल भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)