मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निजामती सेवामा ट्यालेन्ट म्यानेजमेन्ट

rajdhanidaily.com · Thu Apr 28 23:39:05 GMT 2022

सार्वजनिक सेवाप्रवाह जनअपेक्षित नभएपछि विगतमा निजामती सेवालाई ‘रिजेक्टेड ब्रेन’को समूह भनियो । एउटा प्रशासनसम्बन्धी सार्वजनिक कार्यक्रममा निजामती सेवामा रहेकामध्ये केवल ३० प्रतिशत कर्मचारीले मात्र काम गर्ने र अरू आफ्नो बढुवाका लागि पढ्ने लेख्ने, राम्रो ठाउँमा सरुवा र पदस्थापनमा गर्न दौडने, चाकडी गर्ने, सेयर किनबेचमा व्यस्त रहने गर्दछन् भन्ने तथ्य महालेखा परीक्षक टंकमणि शर्माले उजागर गरेका थिए । सोही कार्यक्रममा लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले आयोगले लिने परीक्षाको नैतिक विषयमा उत्कृष्ट अंक ल्याएको निजामती कर्मचारी सबैभन्दा बढी भ्रष्ट भएको सत्य पनि बाहिर ल्याए ।

आफ्नो नेतृत्वमा रहेको निजामती सेवा प्रवाहप्रति कटाक्ष गर्दै नेपाल सरकारका मुख्य सचिव शंकर बैरागीले सिंहदरबारको एउटा मन्त्रालयबाट अर्को मन्त्रालय पठाएको चिठी पुग्न १७ दिन लागेको यथार्थ जानकारी दिएका थिए । एकेडेमिक परीक्षामा सबैभन्दा धेरै अंक ल्याउनेहरू विदेश पलायन भएपछि बाँकी रहेकाहरू निजामती सेवामा प्रवेश गरेका हुन्छन् भने निजामती सेवा प्रवेश गर्न नसकेपछि राजनीतिमा लाग्दछन् भन्ने भनाइ नेपाली समाजमा अझै पनि छ । के नेपालको राजनीति र प्रशासन ट्यालेन्ट (मेधावी) व्यक्तिको अभावमा डेलिभरी गर्न नसक्ने गरी कुँजिएको हो त ? प्रश्न राजनीति र प्रशासनमा संलग्न हामी सबैप्रति सोझिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)