देउवालाई देखाईदिने, फेरि ओली र प्रचण्डसहितको वाम गठबन्धन बनाउने तयारी !
reportersnepal.com · Sat Mar 27 17:19:12 GMT 2021
काठमाडौं, १४ चैत्र । नेपालमा ७० वर्षको लामो राजनीतिक ईतिहासमा गत २०७४ सालको निर्वाचनमा नेपाली जनताले वामपन्थीहरुलाई झण्डै दुई तिहाई मत दिएका थिए । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले करिब दुई तिहाई मत ल्याएको थियो । जनताले राजनीतिक स्थायित्व र समृद्धिको लागि वामपन्थीलाई यो मत दिएका थिए । तर, उक्त जनमतलाई एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कदर गर्न सकेन् ।
तीन वर्ष नपुग्दै फेरि राजनीति अस्थिरता र आन्तरिक किचलोबाट गुज्रिरहेको छ । यसको प्रत्यक्ष असर नेपाली जनताले भोग्नुपरेको छ । सुशासन र समृद्धिको नारा दिएको सरकारले राम्रो सर्भिस डेलिभर गर्न सकेन् । अन्ततः नेकपा एकता भंग भएर एमाले र माओवादी केन्द्रको अलग अलग अवस्थामा फर्किएका छन् । खासगरी गत पुष ५ गते प्रधानमन्त्री तथा तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाभित्र आन्तरिक विवाद चुलिएको थियो । कतिसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालले मिलेर ओलीविरुद्ध घोषित मोर्चाबन्दी नै कसेर संघर्ष गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)
केपी शर्मा ओली
माधवकुमार नेपाल