मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वर्षा, हिमपात र हुस्सुले दैनिक जनजीवन प्रभावित हुनसक्ने 

baahrakhari.com · Sat Dec 24 00:32:00 GMT 2022

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका थोरै भू–भागमा हुसु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)