नेपाल आइपुगे सलमानका भाइ
ekantipur.com · Wed Apr 13 17:12:52 GMT 2022
काठमाडौँ — बलिउड स्टार सलमान खानका भाइ सोहेल खान बुधबार नेपाल वायुसेवा निगमको उडानमा मुम्बईबाट काठमाडौं आइपुगेका छन् । उनी आगामी जेठ १४ मा दशरथ रंगशालामा हुने सलमानको ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी लगायत विषयमा जानकारी लिन काठमाडौं आइपुगेको आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङले बताए ।
‘बिहीबार दिउँसो १ बजे सोल्टी होटलमा हुने पत्रकार सम्मेलनमा सहभागी भएर सोहेल खान साँझ मुम्बई फर्किने छन,’ गुरुङले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)