कलाकार संघका पदाधिकारीद्वारा कार्यभार ग्रहण
rajdhanidaily.com · Mon Mar 20 23:34:02 GMT 2023
काठमाडौं । नेपाल चलचित्र कलाकार संघका नवनिर्वाचित पदाधिकारीले सोमबारबाट आफ्नो जिम्मेवारी ग्रहण गर्दै काम सुरु गरेका छन् ।
संघको शनिबार मध्यरातमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । । कलाकार संघका तीनपटक महासचिव र दुईपटक उपाध्यक्ष भएका निरौला बल्ल यसपटक अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षकी अर्की उम्मेदवार अभिनेत्री रेजिना उप्रेतीलाई २६ मतान्तरले हराउँदै निरौला विजयी भएका हुन् । निरौलाले २ सय ३५ मत र रेजिनाले २ सय ९ मत ल्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)