पीडित किसानको साथमा स्थानीय सरकार
lokpath.com · Mon May 31 16:58:22 GMT 2021
स्याङ्जा । गल्याङ नगरपालिका–११ जिमुहाँका किसान व्यावसायिक रुपमा मौसमी एवं बेमौसमी तरकारी खेती गरेर आत्मनिर्भर बन्ने योजना अनुसार तरकारी खेतीमा लागेका छन् । तरकारी खेतीबाटै आफ्नो दैनिकी चलाउने योजनाका साथ यो पेशामा लागेका किसानलाई भने यतिबेला कोरोना संक्रमणका कारण लम्बिदै गएको निषेधाज्ञाले चिन्तित बनाएको छ ।
स्थानीय सरकार पनि किसानको पिडालाई सकेसम्म हल गर्ने अभियानमा लागेका छन् । संक्रमणका कारण अस्पतालमा श्रीमतीको मृत्यु भएपछि काजक्रियामा रहेका किसान चन्द्रकान्त डुुम्रे आफूले दुःख गरी लगाएको तरकारी बारीमै कुहिएर जाने अवस्था आएपछि श्रीमतीको मृत्युसँगै बिक्रीका लागि बजार लैजान तयारी अवस्थामा रहेका तरकारी बारीमै कुहिएर जाने अवस्था आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)