मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बास्केटबल टोलीको जर्सी सार्वजनिक

gorkhapatraonline.com · Thu Jun 11 14:26:14 GMT 2026

नेपाल बास्केटबल टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ ।

नेपाल बास्केटबल सङ्घ र जर्सी प्रायोजक इन्टरनेसनल स्पोर्ट्स ब्रान्ड लि–निङ नेपालको आधिकारिक विक्रेता सिटिसीबिच बिहीबार जर्सीका लागि चार वर्षको प्रायोजन सम्झौतासमेत भएको छ ।

सम्झौता पत्रमा सिटीसीका प्रमख कार्यकारी अधिकृत (सिइओ) राजन महर्जन र बास्केटबल सङ्घका अध्यक्ष भीम सिंह गुरूङले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार सिटिसीले राष्ट्रिय बास्केटबलको महिला र पुरुष तथा यु–१८ देखि माथिका उमेर समूहका राष्ट्रिय टोलीले लगाउने जर्सी र खेल सामग्री उपलब्ध गराउनेछ ।

कार्यक्रममा टोलीले प्रयोग गर्ने रातो, निलो, सेतो जर्सी सार्वजनिक पनि गरिएको थियो । जर्सी पुरूष बास्केटबल टोलीका कप्तान सदिश प्रधान, महिला टोलीकी कप्तान अनुषा मल्ल र लिनिङ नेपालकी ब्रान्ड एम्बेसडर राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्बाले सार्वजनिक गर्नुभयो ।

सिटीसीले वार्षिक १० लाख रुपियाँ बराबरको जर्सी र खेल सामाग्री उपलब्ध गराउने सिइओ महर्जनले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)