युक्रेनी ऊर्जा केन्द्रमा रूसद्वारा आक्रमण
annapurnapost.com · Wed Oct 19 00:56:00 GMT 2022
कीभ (एजेन्सी) : रूसी सेनाले फेरि युक्रेनको ऊर्जा केन्द्रमा आक्रमण गरेको छ। यससँगै कीभसहित अन्य सहरमा बिजुली र पानी बन्द भएको छ। राष्ट्रपतिका एक सहयोगीका अनुसार मंगलबारको उक्त आक्रमणपछि युक्रेनको अवस्था नाजुक बनेको छ। राजधानीमा भएको यो घटनामा दुई जनाको मृत्यु भएको छ। डिनिप्रो नदीनजिकैको पावर स्टेसन वरपरबाट धुवाँको मुस्लो निस्किएको देखिएको थियो।
कीभको पश्चिममा रहेको जाइटोमिरमा बिजुली र पानी काटिएको थियो। डिनिप्रोमा दुई ठूला संरचना नराम्ररी क्षतिग्रस्त भएका जनाइएको छ। ‘बिजुली बचत गर्न सबै लाग्नुपर्छ’, राष्ट्रपति कार्यालयका उपप्रमुख किरिलो टिमोसेन्कोले भने, ‘कडा जाडोलाई कसरी सामनागर्ने भन्नेमा पनि सबैले तयारी गर्नु आवश्यक छ।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)