मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले मात्रै देशमा सामाजिक न्याय, समानता र परिवर्तन दिन सक्ने पार्टी होः अध्यक्ष ओली

nepalipatra.com · Tue Jan 11 06:11:08 GMT 2022

खाँदबारी । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिर गर्दै अन्य पार्टीमा रहेका नेता–कार्यकर्तालाई एमालेमा सामेल हुन आग्रह गरेका छन् ।

सङ्खुवासभाको खाँदबारीमा आयोजित एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अन्य पार्टीमा रहेर त्यहाँको विचार र व्यवहारको परीक्षण गरेर एमालेमा प्रवेश गर्नेलाई नवप्रवेशीलाई कहिल्यै पश्चाताप नहुने ठोकुवा गरे । “अब कोही पनि अल्मलिइरहनु पर्दैन । आउनुस्, एमालेमा हामी स्वागत गर्न चाहान्छौँ । एमाले मात्रै देशमा सामाजिक न्याय, समानता र परिवर्तन दिन सक्ने पार्टी हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)