मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ढोरपाटनमा पहिलो पटक पुग्यो केन्द्रीय लाइन

ratopati.com · Thu Mar 12 22:31:24 GMT 2026

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघु जलविद्युत्को भरमा थिए ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो पश्चिममा रहेको ढोरपाटनमा केन्द्रीय लाइन पुर्‍याएको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीले ११ केभी विद्युत् लाइन ढोरपाटन पुर्‍याएको जानकारी दिए । अघिल्लो वर्षदेखि नै विद्युत् पोल गाड्ने र लाइन तान्ने काम गरेको भन्दै बिहीबारदेखि नियमित विद्युत् प्रसारण भएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)