मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज देशका यी स्थानमा हुने छ वर्षा

nepalsamaya.com · Sat Apr 13 23:52:29 UTC 2024

काठमाडौं- आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै र बाँकी पहाडी भूभागको एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)