काठमाडौंका पाँचतारे होटल डिसेम्बरसम्मका लागि खचाखच, पर्यटकीय सिजनसँगै बढ्यो पाहुनाको चाप
bizmandu.com · Mon Oct 31 05:45:12 GMT 2022
काठमाडौं। वर्षा थामियो, गर्मी घट्यो, विस्तारै चिसो बढ्दै छ। घुमघामको यो सिजनमा विदेशी पर्यटकको नेपाल आगमन बढेको छ। चहलपहल बढेसँगै होटलहरुमा विदेशी पाहुनाको भीड देखिन थालेको छ।
पर्यटकको आवागमन बढेसँगै काठमाडौंका पाँचतारे होटलहरु डिसेम्बरसम्मका लागि खचाखच छन्। धमाधम अग्रिम बुकिङ भएसँगै विभिन्न होटलले डिसेम्बरको बुकिङ लिनै कठिन भएको जनाएका छन्। हिमाल आरोहण र पदयात्राका लागि पर्यटक नेपाल आइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bizmandu.com)