मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँग युद्ध हुनुभन्दा अघि इजरायलले इराकमा २ वटा सैन्य अड्डा बनाएको थियो – रिपोर्ट

barnanmedia.com · Mon May 18 19:15:01 GMT 2026

इरानसँग युद्ध हुनुभन्दा अघि इजरायलले इराकमा २ वटा सैन्य अड्डा निर्माण गरेको अमेरिकी दैनिक पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले रिपोर्ट गरेको छ ।इराकी अधिकारीहरूले हिजो इराकको पश्चिमी मरुभूमिमा इजरायलद्वारा सञ्चालित २ वटा गोप्य सैन्य अड्डा पहिचान गरेका अमेरिकी पत्रिकालाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।

गएको हप्ता अर्को अमेरिकी पत्रिका ‘द वाल स्ट्रीट जर्नल’ ले युद्ध शुरू हुनुभन्दा केही समयअघि एउटा सैन्य अड्डा स्थापना गरिएको र अमेरिकाको जानकारीमा सञ्चालन गरिएको रिपोर्ट गरेको थियो । अखबारका अनुसार इजरायली सेनाले मार्च महिनाको शुरूमा साइट पत्ता लगाउन नजिक पुगेका इराकी एकाइहरूविरुद्ध सैन्य अड्डाबाट आक्रमण शुरू गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)