दुई वर्षपछि ८ अर्बको कारोबार, सेयरमा उछाल
annapurnapost.com · Wed Jan 17 00:47:37 GMT 2024
काठमाडौं : ०७८ पुस २८ गते ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । त्यसयता सेयर बजार घटेको घट्यै थियो । एकातिर कारोबार रकम घटेको थियो त अर्कोतिर सेयर भाउ पनि उस्तै थियो । सेयर बजारमा दैनिक कारोबार खुम्चिएर ४५ करोडमा झरेको थियो । मंगलबार भने सेयर बजारमा ‘चमत्कार’ छायो । लगभग दुई वर्षअघि कै अवस्थामा बजार फर्कियो । ८ अर्ब २ करोड ३८ लाख बढीको कारोबार भयो । एकातिर सेयर बजारमा हरियाली छायो, अर्कोतिर निराश लगानीकर्तामा खुसीको रक्तसञ्चार भयो ।
मौद्रिक नीति समीक्षामा लिइएको सेयर बजारप्रतिको लचकता र बैंकले निक्षेपको दर घटाएका कारण सेयर बजारमा उछाल छाएको विश्लेषकहरू बताउँछन् । उनीहरू, अब सेयर बजारले उचाइ लिने आशा व्यक्त गर्छन् । मंगलबार ३०४ धितोपत्रको कारोबार भएको थियो । जसका २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)