जब वार्ता समितिको सहमतिपत्रको खाका बालेनको टेबलमा पुग्यो...
baahrakhari.com · Tue Sep 26 18:46:16 GMT 2023
काठमाडौं । सडक तथा फुटपाथ व्यवसायीको व्यवस्थापनको माग राखेर आठ दिनदेखि काठमाडौं महानगरको गेटअगाडि उभिरहेका छन्, सामाजिक अभियन्ता ईः । उनले मुख्य गरी महानगरभित्र सडक व्यवसाय गरिरहेका व्यापारीहरूका लागि वैकल्पिक व्यवस्था गरिनुपर्ने, उनीहरूलाई निश्चित समय, स्थान र शुल्क लिएर भए पनि व्यवसाय गर्न दिनुपर्ने माग राखेका छन् ।
उसो त उनले चुनावअघिका बालेन शाहलाई वाचा सम्झाउन आफू सडकमा आएको पनि बताउने गरेका छन् । चुनावताका ‘गरिबको चेमेली बोल्दिने कोही छैन’ गीत गाएर हिँडेका बालेनले चुनाव जितेपछि महानगरबाट गरिबलाई हटाइरहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)