कम्बोडियाको पीडादायी जालबाट १६ नेपालीको उद्धार
rajdhanidaily.com · Thu Mar 12 23:30:03 GMT 2026
काठमाडौं । कम्बोडियामा मानव तस्करी र अनलाइन ठगीको जालमा परेर कठिन परिस्थितिमा बाँचिरहेका १६ जना नेपाली नागरिक अन्ततः उद्धार भई स्वदेश फर्किएका छन्। थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको सक्रिय पहल, कम्बोडिया सरकारको सहयोग तथा गैरआवासीय नेपाली संघको समन्वयमा उनीहरूलाई नेपाल फर्काइएको हो।
दूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार विभिन्न माध्यमबाट कम्बोडिया पुर्याइएका ती नेपालीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा गैरकानुनी काममा लगाइएको थियो। कामको लोभ देखाइएर विदेश लगिएका उनीहरू अन्ततः मानसिक, आर्थिक र सामाजिक पीडामा परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)