मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उम्मेदवारको खर्चः मदिरामा ४५ हजार

rajdhanidaily.com · Thu Mar 12 23:33:13 GMT 2026

धनगढी । निर्वाचन आयोगमा उम्मेदवारहरूले बुझाउने खर्च विवरण प्रायः औपचारिक र वास्तविकताभन्दा निकै कम हुन्छ । तर, कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका एक उम्मेदवारले भने चुनाव प्रचारका क्रममा कार्यकर्ता र स्वयम्सेवकको ‘थकाइ मेट्न’ भन्दै भोड्का र लोकल रक्सीमा भएको खर्चसमेत निर्वाचन आयोगमा आधिकारिक रूपमै बुझाएका छन् ।

‘क्यामेरा’ चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवार बनेका दिपक रावलले जिल्ला निर्वाचन कार्यालय कैलालीमा पेश गरेको अनुसूची–४१ बमोजिमको खर्च विवरणमा ‘८८४८ भोड्का र लोकल रक्सी’ पिएको हिसाबसहितको खर्च विवरण बुझाएका हुन् । रावलले आफ्नै हस्तलिपिमा बुझाएको विवरणको सि. नं. ७ मा खर्चको शीर्षक ‘स्वयम सेवक र ८८४८–भोड्का–लोकल रक्सी’ राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)