चुनावमा पराजय भोगे पनि मतदाताको मन जित्दै आशिष शर्मा
rajdhanidaily.com · Thu Mar 12 23:35:48 GMT 2026

कपिलवस्तु । चुनाव जित्नु मात्र लोकतान्त्रिक प्रक्रिया हो भन्ने बुझाइ प्रायः राजनीतिक अभ्यासमा देखिन्छ। अधिकांश नेता विजय हासिल गरेपछि समर्थकसँग उत्सव मनाउने, र्याली गर्ने र काठमाडौं वा राजधानीमा व्यस्त रहँदै राजनीतिक चमक देखाउने प्रचलनमा रमाउँछन्। तर कपिलवस्तु क्षेत्र नं. १ मा प्रतिनिधिसभा उपनिर्वाचनपछि देखिएको दृश्यले यो पुरानो अभ्यासलाई चुनौती दिएको छ। विजयी उम्मेदवार काठमाडौं लागे पनि, चुनावमा पराजित भएका स्वतन्त्र उम्मेदवार आशिष शर्मा गाउँ–गाउँ पुगेर मतदातालाई व्यक्तिगत रूपमा धन्यवाद दिइरहेका छन्।
प्रतिनिधिसभा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोहनलाल आचार्य विजयी भए । उनले ३४ हजार १ सय ४८ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार आशिष शर्माले १५ हजार ८ सय ६० मत पाएका थिए । यसरी आचार्य १८ हजार २ सय ८८ मतान्तरसहित विजयी बनेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)