एकै महिनामा चार पटक बढ्यो अण्डाको मूल्य
nepalnews.com · Thu Jun 11 14:48:34 GMT 2026

काठमाडौँ । नेपाल लेयर्स कुखुरापालक सङ्घले जेठ महिनामा मात्रै अण्डाको समर्थन बिक्री मूल्य चार पटक वृद्धि गरेको छ । सङ्घले जेठ ३ गतेदेखि जेठ २८ गतेसम्मको अवधिमा विभिन्न चरणमा भौतिक तथा भर्चुअल बैठकहरू आयोजना गरी चितवनलाई आधार मानेर नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेको हो ।
यस निर्णयसँगै जेठ महिनाभरिमा (एक्सएल) सबैभन्दा ठुलो, ठुलो र मिडियम साइजका अण्डाको फार्म मूल्य प्रति क्रेट कुल ४५ रुपैयाँले वृद्धि भएको छ भने सानो अण्डाको मूल्य प्रति पेटी ५०० रुपैयाँले बढेको छ । यो महिनामा मात्रै जेठ ४ गतेदेखि लागू हुने गरी एक्सएल अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ, ठुलो अण्डाको ५१५ रुपैयाँ, मिडियम अण्डाको ४८५ रुपैयाँ र सानो अण्डाको प्रति पेटी २ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)