मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

निर्वाचनमा १ लाख सुरक्षाकर्मी

annapurnapost.com · Sun Nov 20 04:58:00 GMT 2022

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० भृकुटीनगरमा गत ३० कात्तिकमा प्रेसरकुकर बम बनाउँदै गर्दा विस्फोेटनमा परी विप्लवका दुई जना कार्यकर्ता घाइते भए। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार विस्फोटनमा परी सल्यानको बागचौर नगरपालिका–२ घर भएका २७ वर्षीय डिल्लीबहादुर बीसी र कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका ३३ वर्षीय धर्मबहादुर सुनार घाइते भए।

दुवै जनाको अहिले पनि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आईसीयूमा राखेर उपचार भइरहेको छ। सो घरबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले थप दुई वटा तयारी अवस्थाका प्रेसरकुकर बम निष्क्रिय पार्‍यो। बम विस्फोटको घटनाबाट नेपालगन्जवासी आतंकित भए तर कडा सुरक्षा व्यवस्थाका कारण थप घटना हुन पाएनन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)