पोल्यान्डमा नेपाली दूतावास खोल्ने सरकारको प्रक्रियाले सङ्घ संस्था खुसी
ratopati.com · Sun Nov 05 06:28:00 GMT 2023
पोल्यान्ड । सरकारले पोल्यान्ड लगायत विभिन्न मुलुकहरूमा नेपाली राजदूतावास खोल्ने प्रक्रिया अगाडि बढाए पछि पोल्यान्डमा रहेका नेपाली समुदायले खुसी व्यक्त गरेका छन्।
गैरआवासीय नेपाल सङ्घ (एनआरएनए) पोल्यान्डका अध्यक्ष नरेश सापकोटा र महासचिव पवन खड्काद्वारा आज संयुक्त हस्ताक्षरित प्रेस विज्ञप्तिमा पोल्यान्ड लगायत विभिन्न मुलुकहरूमा कूटनीतिक नियोग (दूतावास) स्थापना गर्ने प्रक्रिया सुरु गरेकोमा नेपाल सरकारलाई धन्यवाद तथा आभार प्रकट गरेको छ। यो महान् कार्यका लागि पोल्यान्डमा क्रियाशील सङ्घसंस्थाको तर्फबाट एनआरएनए पोल्यान्ड नेतृत्व गर्दे सबै सहयोग गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)