मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तामाकोशी पाँचौं आयोजनामा सञ्चय कोषले ११.३३ अर्ब लगानी गर्ने

abhiyandaily.com

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको क्यास्केड आयोजना तामाकोसी पाँचौंमा लगानी जुटेको छ । दोलखामा निर्माण हुने ९९ दशमलव ८ मेगावाटको उक्त जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने भएको छ ।

सञ्चय कोषले उक्त आयोजनामा रू. ११ अर्ब ३३ करोड ऋण लगानी गर्नेछ । कोषले आयोजनामा लाग्ने कुल लागतको ७० प्रतिशत रकम ऋण लगानी गर्न लागेको हो । आयोजनामा रू. १६ अर्ब १९ करोड लागत लाग्ने अनुमान गरिएको छ । त्यसको ७० प्रतिशत सञ्चय कोषले ऋण लगानी गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)