मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवा अर्बमा पोखरा पञ्चासे सडक बन्ने

gorkhapatraonline.com · Thu Jun 11 14:51:49 GMT 2026

कास्की, पर्वत र स्याङ्जाको सङ्गममा पर्ने पर्यटकीय क्षेत्र पञ्चासेसम्म नमुना बाटो बन्ने भएको छ । एक अर्ब ३० करोड लागतमा पोखरा उपत्यकालाई र पर्यटकीय क्षेत्र पञ्चासे जोड्ने विशेष पहुँच मार्ग बन्न लागेको हो ।

घाँटीछिनादेखि भन्ज्याङसम्म नमुना सडकसहित आधुनिक साइकल मार्ग र अध्ययन केन्द्र बनाउन लागिएको हो । पोखरा महानगरपालिका बिहीबार बसेको कार्यपालिकाको कार्यपालिका बैठकले परियोजनाको संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)