लगातार तेस्रो जितसँगै डीसीए फाइनलमा
lokaantar.com · Wed Feb 22 23:23:38 GMT 2023
भैरहवामा जारी खड्गप्रसाद गौचन यू–१९ क्रिकेट प्रतियोगिताको लगातार तेस्रो जितसँगै धनगढी क्रिकेट एकेडेमी (डीसीए) फाइनलमा प्रवेश गरेको छ । डीसीएले बुधबार देवदह क्रिकेट एकेडेमीलाई २९३ रनको भारी अन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो ।
यसअघि डीसीएले बुटबलको न्यू होराइजन एकेडेमी र काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टरलाई पराजित गरेको थियो । देवदहसँग टस जितेर पहिले ब्याटिङ गरेको डीसीएले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर ३१५ रन बनाएको थियो । जवाफमा देवदहले १३.३ ओभरमा सबै विकेट गुमाएर २३ रन मात्रै बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)